ग्लोबल आइएमर्इ बैंक र आइएफसीबीच कर्जा लेनदेनमा सम्झौंता

काठमाडौं १६ बैशाख ।
ग्लोबल आइएमई बैक र विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बीच कर्जा लेनदेन सम्झौता भएको छ।

सो सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका छन् । यो सम्झौताले वित्तिय तरलताको समाधानमा योगदान पुर्याउने बैंकले जनाएको छ।
सो कर्जा सापटी सहमती नियमनकारी निकाय नेपाल राष्ट्र बैकको स्वीकृतिपपछि कार्यान्वयनमा आउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया