सिटी एक्सप्रेस र अल मुजैनी एक्स्चेन्ज कुवेतबिच रेमिटान्स सेवा सुरु

बिजनेसपाटी २२ बैशाख ।
मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेतको ख्यातीप्राप्त मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्ज बिच रेमिटान्स सेवा सुरु भएको छ । अल मुजैनी एक्स्चेन्जको ८६ भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनैपनि ५,५०० एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट नगद वा कुनैपनि बैंक खातामा पैसा जम्मा गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ । अल मुजैनी एक्स्चेन्जका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्तm गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनीतिको साथ अगाडी बढ्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया