एनआईसी एशिया बैंक र रेमिटवेयर पेमेन्ट इन्कोबीच सम्झौता
काठमाडौं,२४ वैशाख ।
एनआईसी एशिया बैंक र युएइको रेमिटवेयर पेमेन्ट इन्कोबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ ।
बैंकले यस सम्बन्धमा रेमिटवेयर मार्फत युएइ र क्यानडाबाट पनि अब नेपालमा रेमिट्यान्स पठाउन सकिने भएको छ ।
नेपालमा एनआइसी बैंकका २०० वटा शाखाहरु तथा ५ हजार ५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने भएको बैंकले जनाएको छ ।
एनआइसी मुलुकभर १९९ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । बैंकको वासलातको आकार रु १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३३ अर्ब पुगिसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया