शुभम पावरको २ लाख कित्ता आईपिओ जेठ २० देखि

बिजनेसपाटी ९ जेष्ठ

शुभम पावर लिमिटेडले आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जेष्ठ २० गतेदेखि  २ लाख कित्ता आईपिओ निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित स्थानीयलाई कम्पनीले २ करोड रुपैयाँ बराबरको १० प्रतिशत आईपिओ निष्कासन गर्ने भएको हो ।

उक्त आईपिओमा कम्तिमा ५० देखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । स्थानीय बासिन्दाको       यस आईपिओ बाडफाडपछि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपिओ सर्वसाधारणलाईै निष्कासन गर्ने कम्पनीको योजना छ ।

सो पश्चात कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया