एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबिच सम्झौता

बिजनेसपाटी ९ जेष्ठ ।

एनआईसी एशिया बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा रू. १ लाखसम्मको राजश्व छिटो, छरितो रुपमा यस बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ । सो सुबिधा उपयोग गर्न बैंकका ग्राहक महानुभावहरुले एक पटकका लागि आफ्नो खाता नं. NCHL को ई–पेमेन्ट सम्बन्धी वेबसाइट www.connectips.com मा दर्ता गराई सोको फारम डाउनलोड गरी बैंकको कुनैपनि शाखामा गई रुजु गराउनु पर्ने र रुजु भए पश्चात रू. १ लाखसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको https://rajaswa.fcgo.gov.np df Login गरी राजश्व भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । सो सम्बन्धी विस्तृत विवरण नेपाल क्लियरिङ्ग हाउस (NCHL) को वेबसाइटबाट समेत प्राप्त गर्न सकिने छ । ग्राहक महानुभावको सुविधालाई मध्यनजर गर्दै डिजिटल भुक्तानी प्रणाली अन्र्तगत यस्ता सुविधाहरुलाई भबिष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया