भोजपुरमा पहिलोपटक पूँजीबजारसम्बन्धी प्रशिक्षण
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_667,h_400/https://businesspati.com/wp-content/uploads/2018/05/nepal-stak-exchange.jpg)
काठमाडौँ १० जेठ
भोजपुर – नेपाल धितोपत्र बोर्डको आयोजनामा यहाँ पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ ।धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पूँजीबजारको विषयमा प्रशिक्षण दिएको हो । बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको बोर्डका अध्यक्ष डा कार्कीको भनाइ छ ।
प्रशिक्षणमा धितोपत्र, पूँजीबजार, शेयर लगानी, डिम्याट, सिआस्वालगायतका विषयमा सहजीकरण गरिएको थियो । उद्योग वाणिज्य संघ, भोजपुरले संयोजन गरेको प्रशिक्षणमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुख सरोकारवालाको पनि सहभागिता रहेको थियो ।रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया