‘राष्ट्रिय कविता प्रतियोगिता’को नतिजा सार्वजनिक

काठमाडौँ २२ जेठ

लिबाङ, रोल्पा –  ‘पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ ।

प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी आऊ साइँला एकैछिन भलाकुसारी गरम् शीर्षक कविता प्रथम, अछामका लक्ष्मण सङ्गम म त मूर्ख रहेछु० द्धितीय, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी ‘फकिर’ देश हराएको सूचना तृतीय तथा सोलुखुम्बुका गणेशप्रसाद खतिवडा समृद्धिको सपना र काठमाडौँका अमित प्रिन्स बेपत्ता चप्पल ले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा वियोगी बुढाथोकी, उत्तमकृष्ण मजगैयाँ र केशव सुवेदी निर्णायक रहनुभएको थियो । प्रतियोगीलाई क्रमशः प्रथमलाई रु ३५ हजार, द्धितीय रु २५ हजार, तृतीय रु २० हजार र सान्त्वनालाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रमका संयोजक डिबी टुहुरोले जानकारी दिए ।

जिल्लामा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाको संयोजन तथा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको तीनदिने सो सम्मेलन आज रोल्पाको सातदोबाटोमा सम्पन्न हुने आयोजकले जनाएका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया