भिसा ईन्टरनेशनलसँगको आवद्घतामा जनता बैंकको पिओएस सेवा सम्झौता
बिजनेसपाटी २३ जेष्ठ
नेपाल सरकारको नगद रहित कारोवार अवधारणालाई मध्यनजर गर्दैै ग्राहकहरुको सुविधालाई समेत ध्यानमा राखेर जनता बंैक नेपाल लिमिटेडले भिसा ईन्टरनेशनलसँग आवद्घ भई देशभरी रहेका आफ्ना शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघ संस्था, अस्पताल आदिबाट पिओएस सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त सेवा सञ्चालन पश्चात स्वदेश तथा विदेशका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिट कार्ड मार्फत नगद रहित भुक्तानी कारोवार गर्न सक्नेछन् ।
जनता बैंक नेपाल लिमिटेडका ट्रान्जाक्सन बैंकिङ्ग विभाग प्रमुख निरज शर्मा र आईमार्क प्रा. लिका प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले पिओएस सेवा सम्बन्धी सम्झौतामा आज हस्ताक्षर गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया