लगानीकर्ताको हितमा धितोपत्र बोर्डले गर्यो यस्तो ब्यवस्था
बिजनेसपाटी ४ माघ
लगानीकर्तालाई नेपाल धितोपत्र बोर्डले आफ्नो खाताको विवरण अनलाइनमा हेर्न पाउने व्यवस्था गरेको छ।
बोर्डको २७ माघको बैठकले सो व्यवस्था गरेको हो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडको धितोपत्र केन्द्रिय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली २०७३ र धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट (दोस्रो संशोधन) विनियमावली २०७३ पारित गरि बोर्डले उक्त व्यवस्था गरेको हो। सो निर्णयसंग लगानीकर्ताले आफ्नो डिपी खातामा कुन कुन कम्पनीको शेयर छ भनेर आफैंले अनलाइनमा हेर्न सक्नेछन्।
बोर्डको नया निर्णयसंगै राफसाफ सदस्य माथिको कारबाहीलाई पनि केहि खुकुलो भएको छ। समयमा राफसाफ नगर्दा या गलत कागजात पेश गर्दा राफसाफ सदस्यले सात कार्यदिन काम गर्न नपाउने ब्यवस्था संशोधन गरि तीन दिनमा झारिएको हो।
संशोधन मार्फत कुनै कम्पनी वा रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधी, निक्षेप सदस्य वा दलालले गलत बिवरण टिपाए वा कारोबारमै गल्ति गरे पनि सच्याउने ब्यवस्था मिलाएको बोर्डले जनाएको छ। बोर्डले यसबाट शेयर राफसाफ एवं फर्छ्यौट सम्बन्धि प्रकृया थप सहज एबम छोटो हुने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया