सफा नोट नीति

नेपालीहरूका घरघरमा आउँदै गरेको बडा दशैं तथा दिपावली लगायतका चाडपर्वमा नोटको जतन गरौं । धार्मिक कार्यहरू, वार्षिक उत्सवहरु जस्तैः दशै, तिहार, पूजाआजा जस्ता सामाजिक कार्यहरूमा दक्षिणाको रूपमा प्रयोग हुने नोटमा अबिर, केशरी, अक्षता जस्ता वस्तुहरूको प्रयोग नगरौं । सफा नोट सभ्यताको प्रतीक हो । नोटलाई जतन गर्नु हामी सबैकोे कर्तव्य हो । त्यसैले नोटलाई सबैले जतन गरी चलाआंै । सकेसम्म नोटको कम प्रयोग गरौं । नोटको सट्टा विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसालौं । नोटमा केरमेट गर्ने, जलाउने, च्यात्ने वा नोटको आकृति विगार्ने जस्ता कार्य दण्डनीय रहेका छन् ।
हाम्रो नोट हाम्रो सभ्यता !!

फेसबुकबाट तपाईको प्रतिक्रिया