बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ९
|
1.1k views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० र चाँदी ३५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ९०० र त्यति नै परिमाणको चाँदी तीन हजार १४५ निर्धारण भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ४०० र त्यति नै परिमाणको चाँदी तीन हजार ११० मा कारोबार भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube