८.५७ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा सीमित

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ११
|
51 views

ललितपुर - सेयर बजार परिसूचक नेप्से शुक्रबार ८ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय २८ दशमलव १७ विन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ० दशमलव ९६ अंक, फ्लोट इण्डेक्स ० दशमलव ५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव १६ अंकले ओरालो लागेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा शुक्रबार ३ सय ५३ स्टकको ४२ हजार ८ सय २१ पटकको कारोबारमा ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ ।

    शुक्रबार एनआईसी एशिया बैंकको सेयरमूल्य सर्वाधिक ६ दशमलव ०८ प्रतिशतले बढेको छ, जहाँ मूल्य समायोजन भई कारोबार खुलेको थियो । त्यस्तै, माण्डु हाइड्रोपावरको सेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी र बेष्ट फाइनान्सको सेयरमूल्य करिब साढे ४ प्रतिशतले उकालो लागेको छ ।

      अर्कोतर्फ, कारोबारमा आएको सोपान फर्मास्यूटिकल्सको सेयरमूल्य सर्वाधिक ५ दशमलव ३७ प्रतिशतले घटेको छ ।

      कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहँदै २४ करोड ९९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको साढे २१ करोड रुपैयाँभन्दा बढी र हिमालयन उर्जा विकास कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

      कुल १३ उपसमूहमध्ये शुक्रबार बैंकिङ्ग र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंकले बढ्दा बाँकी ११ उपसमूह ओरालो लागेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ६७ दशमलव ४३ अंकले घटेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube