
ललितपुर - साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा वृद्धि भएको छ ।
यसदिन नेप्से परिसूचक ८.६६ अंकले बढेर २ हजार ६४७.६१ विन्दुमा कायम भएको छ ।
आज ३५६ कम्पनीको १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार १७० कम्पनीको शेयर मूल्य बढ्दा १०१ कम्पनीको मूल्यमा गिरावट आएको छ । यस्तै, ८ कम्पनीको मूल्य भने आज स्थिर भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन ऊर्जाको ३४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, कुमारी बैंकको २२ करोड १९ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ता सबैभन्दा धेरै १०.९८ प्रतिशतका दरले कमाएका छन् । यस्तै, हिमालयन ऊर्जाका लगानीकर्ताले ८.६२ प्रतिशतका दरले कमाउँदा कालिका लघुवित्तका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाएका छन् ।
सोमबार सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ३.३० प्रतिशतका दरले गुमाएका छन् ।



बिजनेस पाटी













