|
|
२०८२ माघ १९
612 views
ललितपुर – अफगानिस्तानले सोमबारदेखि २०२६ को पहिलो पोलियो खोप अभियान सुरु गरेको छ । अभियानले ५ वर्षमुनिका ७३ लाख बालबालिकालाई पोलियो भाइरसबाट जोगाउने लक्ष्य राखेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चार दिने अभियान सोमबारदेखि बिहीबारसम्म जारी रहनेछ र देशका ३४ मध्ये १८ प्रदेशमा बालबालिकालाई खोप लगाइने प्रवक्ता शराफत जमान अमरखिलले जानकारी दिनुभयो ।
अभियानको सफलता सुनिश्चित गर्न उहाँले आदिवासी अग्रज, धार्मिक विद्वान र अभिभावकहरूलाई स्वास्थ्यकर्मीसँग सहयोग गर्न आह्वान गर्नुभएको छ ।
सन् २०२६ मा अहिलेसम्म अफगानिस्तानमा पोलियोको कुनै घटना दर्ता भएको छैन । यद्यपि, सन् २०२५ मा कम्तिमा ९ घटनाहरू पुष्टि भएका थिए । अफगानिस्तान र छिमेकी पाकिस्तानमा जङ्गली पोलियो भाइरस अझै उन्मूलन हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया