२०८२ फाल्गुन ६ | Feb 18, 2026

विधिको शासन सुदृढ गर्नु नै शहीदहरूप्रतिको सच्चा सम्मान हो- गृहमन्त्री अर्याल

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १६
|
714 views

ललितपुर – गृहमन्त्री ‌ओमप्रकाश अर्यालले विधिको शान्ति, सुशासन, सामाजिक न्याय, समावेशी विकास र विधिको शासन सुदृढ गर्नु नै शहीदहरूप्रतिको सच्चा सम्मान भएको बताएका छन् ।

राष्ट्रिय शहीद दिवस, २०८२ को अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती स्मारक, जगडोलमा आयोजना भएको जेन-जी सुशासन योद्धा र अमर प्रहरीहरुको विवरण सहितको शहीद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले राष्ट्रको लागि विभिन्न समयमा जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रको शान्ति सुरक्षा तथा नागरिकको अधिकारको संरक्षणमा कुनै सम्झौता नगरिने बताउँदै मन्त्री अर्यालले आजको पुस्ताले शहीदहरूको आदर्शबाट प्रेरणा लिएर इमानदारी, कर्तव्यनिष्ठा र देशप्रेमका साथ अघि बढी आफ्नो आचरण, निर्णय र कर्मबाट नै शहीदहरूको बलिदान सार्थक बनाउनुपर्नेमा जोड दिए ।

वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा निकायका अधिकारीहरु स्थानीय तहका जनप्रतिनिधीहरु शहीद परिवार लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया