बीबी अनुरागी ‘टेको सध्याको’ तयारी भब्य

काठमाण्डौ १७ चैत्र ।
वरिष्ठ संगीतकार एवं गायक बीबी अनुरागीको एकल संगीतमा विभिन्न ख्याती प्राप्त गायक–गायिकाहरुले प्रत्यक्ष रुपमा गाउने भोली विहिबारको साँगीतिक कार्यक्रम टेको सध्याको तयारी भब्य रुपमा पुरा भएको छ । आयोजक संस्था नेपाली कला संगमका सल्लाकार संयोजक सुर्दशन मर्हजनले कार्यक्रम सोचे भन्दा भब्य हुने विजनेसपाटी अनलाइनलाई बताए । प्रज्ञा प्रतिष्ठानको वृहत सभाहल भरिने भएको आफनो विश्वास रहेको संयोजक मर्हजनले बताए । अनुरागीको संगीतमा गायक गायिकाहरुले भोली विहिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा टेको सध्यामा गुञ्जने भएका छन ।
। नेपाली कला संगमले निर्भाना कला केन्द्रको सहकार्यमा भूकम्पबाट क्षतिग्रस्त धादिङको चण्डीदेवी माध्यमिक विद्यालय र सिन्धुपालचोकको जनता माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि अनुरागीको एकल साँझ गर्न लागेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने एकल साँझमा अनुरागी ३५ जना वाद्यवादकको प्रत्यक्ष संगीत र अन्य गायकगायिकाका साथ प्रस्तुत हुने कार्यक्रम संयोजक सुदर्शन महर्जनले बताए । सो साँझमा सत्यराज, स्वरूपराज आचार्य, शिशिर योगी, रामचन्द्र काप्mले, शर्मिला गुरुङ, आरके गुरुङ, सुनीता गुरुङ, जीवन परियार, मुना थापा मगर, जुनु रिजाल, मिलन अमात्य, स्वरूपा रसाइली, स्मृति शाही, सरिता शाही लगायतले पनि आफ्ना गीतबाट अनुरागीलाई साथ दिनेछन् ।

अनुरागीले आपूm जन्मिएको बागलुङका साथ पोखरा र कुबेतमा एकल साँझ गरिसकेका छन् भने काठमाडौंमा उनको यो पहिलो एकल साँझ हुनेछ । ‘पहिलो चोटि काठमाडौंका एकल साँझमा प्रस्तुत हुन पाउँदा उत्साहित छु, यो साँझ ऐतिहासिक र विशेष हुने अपेक्षा राखेको छु,’ अनुरागीले भने, ‘धेरै गायकगायिका एकै ठाउँमा प्रस्तुत हुने भएकाले पनि यो यादगार कार्यक्रम हुनेछ । स्वर मात्र नभई, अर्केस्ट्राका कारण पनि कार्यक्रम अभूतपूर्व हुने आशा गरेको छु । पूर्विय र पश्चिमी संगीतको प्युजन कार्यक्रममा पाइनेछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया