२०८२ फाल्गुन ६ | Feb 18, 2026

दाङ काठमाडौँ  निर्वाचन परिचालन सहयोग समिति गठन

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १७
|
8.5k views

ललितपुर – आसन्न आम निर्वाचनमा दाङका काँग्रेसका उमेदवारहरुलाई जिताउन सहयोग गर्ने उद्देश्यले  काठमाण्डौमा दाङ काठमाडौँ  निर्वाचन परिचालन सहयोग समिति गठन गरिएको छ । दाङ घर भई काठमाडौँ बसोबास गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिहरूको शनिवार पार्टी कार्यालय सानेमा सम्पन्न भेलाले निर्वाचन केन्द्रित प्रचार प्रसार परिचालन समिति गठन गरेको हो । 

काँग्रेस केन्द्रीय सदस्य प्रदीपराज शर्माको प्रमुख आतिथ्यमा भएको भेलाले  घनश्याम ज्ञवाली ( क्षेत्र नम्बर १) को संयोजकत्वमा  सदस्यहरू नीराजन चौधरी ( क्षेत्र नम्बर १) कबिन किशोर घिमिरे  सदस्य (क्षेत्र नम्बर २), अमृता चौधरी ( क्षेत्र नम्बर ३) र  पाटन क्याम्पसका नेबिसंघका सभापति सुवास पोख्रेल रहेको समिति गठन गरेको हो । 

समितिका सल्लाहकारहरूमा डा तारक बहादुर केसी, अरुण रेग्मी , ईश्वरदेव आचार्य,विष्णु शर्मा सन्तोष घिमिरे रहेका छन् । 

 संयोजक ज्ञवालीले समितिले अब विभिन्न रणनीति बनाएर अगाडी बढ्ने बताएका छन् । दाङ घर भई काठमाण्डौमा अध्ययन, अध्यापन,व्यापार व्यवसाय लगायतका कार्य गर्दै आएका सबैलाई समितिले समन्वय गर्ने बताएका छन् । गीत सङ्गीत र कलाकारिता सँग सम्बन्धित व्यक्तिहरूलाई समिति सँग समन्वय गराउने जिम्मा गीतकार  लोकराज अधिकारीलाई दिइएको छ ।

   

भेलामा उपस्थित भएकाहरूले आ आफ्ना  धारण र सुझाव  राखेका थिए । सबैको धारणा सुनी सके पछि  काँग्रेस केन्द्रीय सदस्य शर्माले बदलिएको काँग्रेसका बारेमा आम नागरिकलाई स्पष्ट पार्न आवश्यक रहेकोले यो समितिले त्यस तर्फ पनि ध्यान दिन आग्रह गरेका थिए । केन्द्रीय सदस्य शर्माले  काँग्रेस आफ्नो घोषणा पत्र लेखनमा लागेकाले सुझाव दिन पनि आग्रह गरेका थिए । 

दाङमा प्रत्यक्ष तर्फ योगेन्द्र चौधरी, किरण किशोर घिमिरे र दीपक गिरी चुनावी मैदानमा छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया