२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ८
|
5k views

ललितपुर – स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ८७० रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ र चाँदी पाँच हजार ९२० रुपैयाँ थियो । त्यस्तै, मङ्गलबार सुन दुई लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ८८० रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी पाँच हजार ६२५ रुपैयाँ थियो भने सोमबार सुन दुई लाख ८२ हजार रुपैयाँ र चाँदी पाँच हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ६९५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया