|
|
२०८२ माघ ३
19.3k views
ललितपुर । सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने घोषणा गरेका छन्।
शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन्। मन्त्री खरेलले कहाँ र कुन पार्टीबाट चुनाव लड्ने भन्ने चाहिँ खुलाएनन् ।
तर कानुन बनाउने ठाउँमै गएर पत्रकाहरूको हकहितमा काम गर्ने उनको भनाइ थियो। उनले तोकिएकै समयमा निर्वाचन हुने दाबी गरे।



















फेसबुकबाट तपाईको प्रतिक्रिया