ललितपुर – प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको बलिदानकै कारण देश आज परिवर्तनको महत्वपूर्ण मोडमा आइपुगेको बताउनुभएको छ ।
सहिद दिवसको अवसरमा आज जारी शुभकामना सन्देशमार्फत उहाँले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन अर्पण गर्ने सबै सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री कार्कीले सन्देशमा सहिदहरूको साहस, चेतना र दृढ सङ्कल्पले नै देशलाई नयाँ दिशातर्फ अघि बढाएको उल्लेख गर्नुभएको छ। “अब फेरि कुनै आमाको काख रित्तिन नपरोस्,” भन्ने कामनासहित उहाँले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यका लागि उठेको जेनजी आन्दोलनमा ज्यान गुमाउने वीर योद्धाहरूप्रति पनि नमन गर्नुभएको छ ।
सन्देशमा उहाँले शासकीय मूल्य, नैतिकता र नागरिक सम्मानलाई केन्द्रमा राखेर राज्य सञ्चालन गर्नु प्रत्येक शासकको स्थायी दायित्व हुनुपर्नेमा जोड दिनुभएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया