२०८२ फाल्गुन ६ | Feb 18, 2026

कैलाली–१ मा रेशम चौधरीविरुद्ध उजुरी दर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ७
|
1.8k views

कैलाली–१ निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीविरुद्ध दाबी र निर्वाचन नियम उल्लंघनको आधारमा उजुरी दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले उजुरीमा उल्लेखित विषयमा प्रमाण पेश गर्न भोलि बिहान १० बजे उपस्थित हुन निर्देशन दिएको छ ।

उजुरी दर्ताका अनुसार, सर्वोच्च अदालतबाट रेशम चौधरीलाई पहिले नै जन्मकैदको फैसला भइसकेकाले उनी निर्वाचनमा उम्मेदवारी दिन अयोग्य रहेको दाबी गरिएको छ ।

निर्वाचन अधिकृतले उजुरीको विषयमा विस्तृत अनुसन्धान गरी आवश्यक कदम चाल्ने बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया