|
|
२०८२ माघ ३
5.5k views
ललितपुर । उज्यालो नेपाल पार्टी एकतालगत्तै उज्यालोबाट रास्वपाको बन्दसूचीमा दलित क्लस्टरको पहिलो नम्बरमा रहेकी रिमा विश्वकर्माले कुलमानको साथ छाडेकी छन्। बन्दसूचीबाट नहट्ने शर्तमा उनी रास्वपामै समाहित भएकी हुन् ।
केही दिनअघि उनी रास्वपाको कार्यालय घन्टीघरमा समेत पुगेकी थिइन्। रिमा संगै उज्यालो नेपालको केन्द्रीय कमिटीमा रहेका उज्यालो नेपालका उपाध्यक्ष डा.ताराप्रसाद जोशी, डा. घनश्याम पाण्डे, डा. विशाल भण्डारी, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह र डा. शंकर ढकाल रहेका छन् ।
यसैगरी उज्यालो छोडेर रास्वपा रोजेका अन्य केन्द्रीय सदस्यहरुमा सञ्जिब भट्टराई, निर्देश सिलवाल, मिनराज आचार्य, क्षितिज भण्डारी, नेत्रबहादुर कार्की, देवेन्द्र कुमार श्रेष्ठ लगायत रहेका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया