अंगीकृतले मुख्यमन्त्री पनि नपाउने गरी संशोधन प्रस्ताव

काठमाडौं ११ मंसिर ।

सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संशोधनका विषयमा विभिन्न दलहरुसँग थप छलफल गर्ने भएका छन् ।मस्यौदा तयार भए पनि सकेसम्म सहमतिमै संशोधन प्रक्रियामा अघि बढाउन भन्दौ थप छलफल गर्ने निष्कर्षमा दुवै दलका शीर्ष नेता पुगेका आजको नयाँ पत्रिकामा समाचार छ ।

सरकारले शुक्रबार तयार पारेको मस्यौदामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायढाधीस, सभामुख, राष्ट्रिय सभा अध्यष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र चार सुरक्षा निकायका प्रमुख पदमा निर्वाचित, नियुक्ति वा मनोनित हुन वंशजका आधारमा नागरिक भएको हुनपर्ने संवैधानिक व्यवस्थामा तलमाथि नगरी प्रसताव तयार गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया