अखवारका पानाहरु

– नन्दलाल खरेल
अखवारका पानाहरु चाँङ लगाउछु
जीवन र जगत खोज्छु ती पानाहरुमा
पत्रिका छ हजुर भन्दैहिड्छ
एकाविहान बुढो ख्याउटे मानिस
साइकल डो¥याउदै चप्पल पड्काउदै ।।१।।

    अखवारका पानाहरु चाँङ लगाउछु
भन्छीन् जीवन संगिनी बेची दिन्छु
असरल्ल तिम्रा यी थोत्रा कागजहरु
भन्छीन् उनी जीवन त्यतिकै वितायौ
मान्छे कहाँबाट कहाँ पुगे ।।२।।

अखवारका पानाहरु चाँङ लगाउछु
आपूmलाई मनपरेका पानाहरु पटक पटक
घरी यता घरी उता फर्काउछु
वर्षौ देखि प्रेममा डुबुल्की मारेकी
पे्रमिकालाई झै माया गर्छु ।।३।।

अखवारका पानाहरु चाँङ लगाउछु
नेताका भाषणहरु हरेक दिन सुन्छु 
अत्याचारी भ्रष्टाचारीहरुका समाचार देख्छु
वेश्यावृत्ति गर्न वाध्य महिलाहरु देख्छु
प्रसव देवनामा उपचार हुन नसकेकी महिला देख्छु ।।४।। 

अखवारका पानाहरु चाँङ लगाउछु
टुटे फुटेका शब्दहरुलाई जोडजाड गरी
फेरी अखवारकै पानाहरुमा लेख छपाउछु
तीनै लेखहरुलाई डिजीटल माध्यमबाट
संसारभर पैmलाई आत्मरतिमा रमाउछु ।।५।।

अखवारका पानाहरु चाँङ लगाउछु
प्रत्येक पटक डेरा सर्दा
ती चाङलाई पनि सार्छु 
ती अखवारका पानाहरु पनि 
आजकल हेर्छन् मलाई घरी घरी ।।६।। 
प्रकासित मिति २०७९–४–१०

फेसबुकबाट तपाईको प्रतिक्रिया