अजोड इन्स्योरेन्स, आइएमई मोटर्स प्रालि र आइएमई अटोमोबाइल्स प्रालिबीच त्रिपक्षीय सम्झौता

काठमाण्डौ १० चैत्र २०७७ ।
अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा. लि. बीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको छ ।
आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रा. लि. तथा आइएमई अटोमोटिभ्स प्रा. लि. संग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबीलाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स प्रा. लि . र आइएमई अटोमोटिभ्स प्रा. लि. का नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया