‘अञ्जिला’को टिजर सार्वजनिक
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_1024,h_576/https://businesspati.com/wp-content/uploads/2025/02/xr_I7tusGbs-HD.jpg)
काठमाडौं २९ माघ २०८१ । आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक भएको छ । टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा समेटिएको छ । टिजरमा एञ्जिला प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका माता पिताको भूमिकामा देखिएका छन् ।टिजरमा पिता फुटबलको विपक्षमा र आमा पक्षमा देखिएका छन् ।
चलचित्रका निर्देशक मिलन चाम्सले एञ्जिलाको विगतका छायाबाट, भविष्यका लागि गरेको सङ्घर्षसम्म रहेको बताउँदै एञ्जिलाको वास्तविक कथामा आधारित चलचित्र रहेको बताए । चाम्सले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको जिकिर गरे । चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।
यस चलचित्रको वल्र्ड प्रिमियर गत मङ्सिर २३ गते हङकङमा भएको थियो भने हाल युकेमा प्रिमियरको आयोजनाको लागि निर्देशक चाम्स र निर्माता श्रेष्ठ लन्डन पुगेका छन् । यो चलचित्र नेपाल रिलिज अगावै युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुँदैछ । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । ‘अञ्जिला’मा बिषयगत शिर्ष गीत प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका छन् । गीतमा हरि लम्सालको संगीत रहेको छ भने स्वर बविना किराँतीको रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया