अनलाइन कम्पनी अमेजनले होल फुड्स १३.७ अर्ब अमेरिकी डलरमा खरिद गर्ने

लन्डन ५ असार
विश्व विख्यात अनलाइन कम्पनी अमेजनले होल फुड्स १३.७ अर्ब अमेरिकी डलरमा खरिद गर्ने भएको छ । अमेजनले प्रतिसेयर ४२ डलरमा होल फुड्स किन्न लागेको हो ।

यो खरिद सम्झौतासँगै अन्य प्रतिद्वन्द्वी कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । दबाबमा परेको होल फुड्सको सेयर मूल्य भने उकालो लागेको छ । सन् १९७८ मा टेक्सासमा स्थापना भएको होल फुड्स प्राकृतिक र अर्गानिक खानाका लागि पायोनियर रहँदै आएको छ । अमेरिका, क्यानडा र बेलायतमा गरी ४ सय ६० भन्दा बढी यसका स्टोर छन् । कम्पनीले ८७ हजारलाई रोजगारी दिँदै आएको छ ।

“लाखौं÷करोडौं व्यक्तिले होल फुड्स मार्केट मन पराउँदै आएका छन्”, अमेजनका संस्थापक एवं प्रमुख कार्यकारी जेफ बेजोसले भने, “यसले प्राकृतिक र अर्गानिक खानाको प्रस्ताव गर्ने र खानका लागि पनि स्वस्थ हुने भएकाले यो धेरै मानिसको लोकप्रिय भएको हो ।”

होल फुड्सले उपभोक्तालाई झन्डै ४ दशकको अवधिदेखि खुसी पार्दै आएको छ । यसले राम्रो काम गरेको र यो कामलाई आफूहरूले निरन्तरता दिने अमेजनले जनाएको छ ।

होल फुड्सले केही स्टोरको बिक्रीमा आएको गिरावट र बढ्दो प्रतिस्पर्धाका कारण लगानीकर्ताहरूको असन्तुष्टि बढेको अवस्थाको सामना गर्दै आएको छ । गत महिना कम्पनीले नयाँ प्रमुख वित्त अधिकारी र बोर्ड सदस्य चयन गरेको थियो ।

अप्रिलमा सक्रिय लगानीकर्ता जाना पार्टनर्सले फर्मको सेयरको मूल्यांकन कम गर्न आग्रह गरेका थिए । होल फुड्सका लागि अमेजनले तिरेको मूल्यमा २७ प्रतिशतको प्रिमियम छ । योसहित होल फुड्सको मूल्य १३।७ अर्ब डलर हुन आउँछ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया