अनलाइन पेमेण्ट अब एटीएम कार्डबाटै

काठमाडौं–२ श्रावण

तपाईंसँग एससीटी नेटवर्कको एटीएम कार्ड छ ? यदि छ भने ढुक्क हुनुहोस्, अब तपाईंले अनलाइन पेमेण्टका लागि कुनै कठिनाइ बेहोर्नुपेर्ने छैन । एटीएम कार्डको प्रयोग एटीएम मेशिनका अलावा मोबाइल र कम्प्युटरमा पनि हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । हो, तपाईंसँग एससीटी नेटवर्कको एटिएम कार्ड छ भने अनलाइनमार्फत वस्तु तथा सेवा खरीदबापत सजिलै भुक्तानी गर्न सक्नुहुन्छ । अनलाइन सपिङ अर्थात इन्टरनेटमार्फत बस्तु तथा सेवा खरीदविक्री गर्न चाहनेहरुका लागि गतिलो पेमेन्ट गेटवेको अभाव खट्किदै आएको छ । तर, यसको सजिलो र भरपर्दो विकल्पका रुपमा स्वदेशी एटीएम नेटवर्कले सेवा दिन सुरु गरिसकेको छ ।

हाल मुलुकभर सयौं अनलाइन साइट सञ्चालनमा छन्, जसले अनलाइनमार्फत भुक्तानी सुविधा खुला गरेका छन् । अनलाइन पेमेन्टका लागि एटीएक कार्ड हुनु आवश्यक छ । यसमार्फत सम्बन्धित बैंक खातामा भएको रकम सोझै अनलाइनमार्फत खर्च गर्ने सुविधा पाउन सकिन्छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया