अनि देश असफल भइसकेपछि पछुताएर के गर्नेे ?
सुरेन्द्र ढकाल
२०४७ को आमनिर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले जनताले कांगेस्र लाई बहुमत दिए मेलम्चीको पानी ल्याएर काठमाडौकां
सडक धोइदिने डिंग हाँकेका थिए । त्यसपछि नेपालमा दर्जनौ ंसरकार बने । उही कृष्णप्रसाद दोहोरिएर प्रधानमन्त्री पनि बने । उनले त्यो डिंग हाँकेको २७ वर्ष पूरा हुँदा समेत अझै मेलम्चीको पानी काठमाडांै आउन सकेको छैन । गत सोमबार सरकारले मेलम्चीको सुरुङ खन्ने अवधी सुटुक्क लम्ब्याएको सुन्नमा आएको छ । किन लियो मेलम्चीले यति धेरै वर्ष आयोजना सम्पन्न गर्न ? किन छोड्यो चिनिया कम्पनीले सुरुङ खन्न ? किन आयो इटालियन कम्पनी चिनियाँ कम्पनीले बीचैमा छोडेको सुरुङ खन्ने कामलाई निरन्तरता दिन ? आयोजनाको समय बढाउनु भनेको त्यसको लागत बढाउनु हो र पछि त्यो लागत प्रतिलिटर पानीको मूल्यमा गएर जोडदा त्यही नेपाली जनताकै थाप्लोमा बज्रने हो । जनतालाई हावाको सपना देखाउने
अनि त्यही सपना बाँडेको भरमा चुनाव जिती सरकार बनाउने अनि त्यसपछि भुसुक्क निदाउने प्रवृत्ति सत्तारुढ दलहरुमा हुने कारणले गर्दा नै एउटा
आयोजना सक्न तीन दशक लाग्ने परिस्थितिको सिर्जना भइरहेको छ । जावो काठमाडांैको फोहोर, नदीनालाको प्रदूषण, ट्राफिक जामको समस्यालाई समाधान गर्न नसक्ने सत्ताका स्वाद चाखेका अक्षम दलहरुले हावामा ठूलाठूला योजनाका सपना बाँढ्ने अनि त्यही सपनामा रमाएर सपना देखाउनेहरुलाई बहुमत दिई चुनावमा जिताउने अचेत पटमुर्ख मतदाता रहुञ्जेल नेपालको समृद्धि कुनै हालतमा पनि सम्भव छैन ।
योजना बेलैमा सम्पन्न गर्ने भनेको राजनीतिक तहले होइन । यो ब्यवस्थापन तहले गर्नपु र्ने कुरा हो जस्को लागि दक्षता नभै नहुने कुरा हो । अदक्ष कर्मचारी भयो भने कुनै पनि आयोजना बेलैमा सम्पन्न हुन सक्तैन । नेपाल सरकारका कर्मचारीहरुलाई विषयगत रुपबाट दक्ष बनाउने के कस्ता नीति र कार्यक्रम सरकारसँग छ त भनेर सोध्दा जवाफ जिरो भनेर आउँछ भने खोइ कहाँबाट हुन्छ दक्षताको विकास । मन्त्रीहरुको रहर र निजी स्वार्थमा कर्मचारी वा आयोजना प्रमुखको फेरबदली गर्न सकिने विषयगत प्रणालीलाई कायमै राख्ने हो भने हाम्रा मान्छे मात्र राम्रा हुने संस्कार बसी यस्ता कर्मचारीहरुले नै प्रजातन्त्रलाई सिध्याउने छन् । हाम्रा मात्रै राम्रा हुने अनि राम्रा जति हाम्रा नहुने कारणले गर्दा नै मेलम्ची जस्ता विभिन्न आयोजनाहरु समयमा सम्पन्न हुन सकेका छैनन् । मेलम्ची त एउटा उदाहरणमात्रै हो । सरकारले भनेको तथाकथित गौरवका आयोजनाहरुको कार्यान्वयनमा जुन ढिलाइ देखिएको छ त्यो मेलम्चीभन्दा भिन्न छैन ।
विद्यार्थी जीवन राम्रोसँग पूरा गर्न नसकेकी प्रचण्डकी बुहारीले वाग्मती लगायतका नदीहरुलाई पौडी र ¥याफटिङयोग्य बनाइ छाड्ने नयाँ डिंग हाँकेकी छिन् । डिंक हाँकेकै भरमा चुनाव जिति मन्त्री हुन पाइन्छ भने किन चाहियो अरु कुरा,
डिंग हाँक्यो बस्यो जनता हाँकेको डिंगमा विश्वास गरी उनीहरुले बाँढेको सपनामा रम्ने भएपछि । तसर्थ चाहे जुनसुकै दलका हुन्, यिनीहरुले बनाएको सरकार भनेका नमच्चिने पिङहरु हुन जसले हावाको सपनारुपी झड्का त दिन्छ तर मच्चिदैन । यी झड्का दिने तर नमच्चिने पिङहरुलाई
चिनौं र पाखा लगाऔं अनिमात्रै विकास र समृद्धिको सपना साकार होला अन्यथा कहिले पूरा नहुने आयोजनाले देशलाई मन्दगतिले खाइरहेको हामीले पत्तै पाउने छैनौं अनि देश असफल भइसकेपछि पछुताएर के गर्ने ?
(लेखक नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
प्रकाशित मिति २०७४-१२-१६
फेसबुकबाट तपाईको प्रतिक्रिया