अनुउत्पादक क्षेत्रमा कर्जा बढेकोमा राष्ट्र बैंक चिन्ता

 बिजनेसपाटी ३ माघ 

बैंक तथा वित्तीय संस्थाहरुलाई विवेकशील तथा सावधानीपूर्ण तरिकाले कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले सचेत गरिएको छ । चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनाको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै बैंकले यस्तो निर्देशन दिएको हो ।उत्पादनमुलुक क्षेत्रको कर्जा जोखिमयुक्त क्षेत्रतर्फ उन्मुख रहेको राष्ट्र बैंकको भनाइ छ   ।

राष्ट्र बैंकका अनुसार पाँच महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजि क्षेत्र तर्फ कर्जा बिस्तार ३०.४ प्रतिशत बढेको उल्लेख छ भने ओभरड्राफ्ट कर्जा, सेयर कर्जा, घरजग्गा कर्जामा उल्लेख्य वृद्धि भएकोले यसमा चासो बढेको उल्लेख गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया