अब के गर्छन् वैद्य ?

काठमाडौं ८ जेस्ठ

नेकपा (क्रान्तिकारी) माओवादी अध्यक्ष मोहन वैद्य किरणले आफ्नो राजनीतिक जीवनमा सातौँपटक पार्टी फुटको प्रत्यक्ष अनुभूत गरेका छन् । चौथो महाधिवेशन गठनका वेला नेकपा मालेसँगको विभाजन पहिलो र पछिल्लो रामबहादुर थापा बादललगायतका नेताहरूसँगको विभाजन वैद्यले अनुभूत गरेका छन् । २०११ मा कम्युनिस्ट राजनीति सुरु गरेका वैद्यलाई अहिले नेताहरू सिपी गजुरेल र हरिभक्त कँडेलले मात्र साथ दिएका छन् ।

यस्ता छन् वैद्यका योजना

पार्टी पुनर्गठन

आजको नयाँ पत्रिका दैनिकमा खबर छ । अभियान पार्टी विभाजनपछि बसेको वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकले गाउँस्तरसम्मै पार्टी पुनर्गठन अभियान चलाउने निर्णय गरेको छ । शुक्रबार सकिएको बैठकले विभाजनपछिको क्षतिको वास्तविकता अध्ययन गर्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने निर्णय लिएको छ । यसका लागि केन्द्रीय नेताहरूलाई कार्यक्षेत्रमा जान वैद्यले निर्देशन दिएका छन् ।

भन्डाफोर अभियान

वैद्यले माओवादी घटकबीचको एकतालाई संशोधनवादीहरूको एकता भन्दै भन्डाफोर अभियान चलाउने निर्णय लिएका छन् ।

राष्ट्रिय भेला गर्ने

वैद्यले ५ असारमा पार्टीको राष्ट्रिय भेला बोलाएका छन् । देशभरका अगुवा कार्यकर्ताको भेला गरेर नयाँ परिवेशमा के–कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिन वैद्यले कार्यकर्ता भेला बोलाएका हुन् ।

वैद्यका अबका चार विकल्प

एक्लै पार्टी चलाइराख्ने

विप्लवसँग एकता

माओवादी केन्द्रसँग एकता

 

फेसबुकबाट तपाईको प्रतिक्रिया