‘अबको विकल्प जनताको लोकतन्त्र’ नामक पुस्तक बिमोचित

काठमाडौं २०७७ फागुन ११।
“अबको विकल्प जनाताको लोकत्रन्त्र” नामक पुस्तकको लोकापर्ण प्रज्ञा प्रतिष्ठानमा एक समारोह बिच समपन्न भएको छ ।  पुस्तकका लेखक प्रगातिशिल बिचार राख्ने विगत कम्युनिष्ट आन्दोलनमा लामो समय लाग्नु भएका लेखक कमल निओल हुनुहुन्छ ।
यो पुस्तक राजनीतिक बजारमा वहसको बिषय बन्ने प्रसस्त सम्भावना छ । यो लोकापर्ण कार्यक्रममा डा. सुरेन्द्र के .सि, बैज्ञानिक समाजवादका समयोजक आहुती ,विवेकशिल साझा पार्टिका समयोजक मिलन पाण्डे, नेकपा केन्द्रिय सदस्य रामदिप आचार्य लगायत विभिन्न वौद्दिक ब्यक्तीहरु, पत्रकारहरु समेतको सहभागी थियो । उक्त लोकापर्ण कार्यक्रमका सभापतित्व लेखक स्वयमले गर्नुभएको थियो ।

पुस्तकको बारेमा लेखक कमल निओलले मन्तब्य मार्फत संिक्षप्त जानकारी गराउनु भएको थियो । उहाले भन्नु भएको छ, “जनताले अहिलेसम्म लोकत्रन्त्रको अनुभूति गर्न सकेका छैनन । वर्तमान लोकत्रन्त्र दलाल पुजिवादी लोकत्रन्त्र हो । लोकत्रन्त्रमा समानता, न्याय, स्वतन्त्रता र शान्ति अपरिहार्य छ ।यस्ता तत्वहरु बिना जनताको लोकत्रन्त्र पूर्ण हुँदैन । यस्तो लोकत्रन्त्र प्राप्त गर्नलाई दलाल पुजिवादी राज्य व्यवस्था नफ्याके सम्म सम्भव छैन । त्यस्को लागी अब हामी एउटा अभियान बढाएर गोलबन्द हुनुपर्दछ।“
कार्यक्रममा बैज्ञानिक समाजबादी समयोजक आहुतीले लेखकलाई शुभकामना दिदै अबको विकल्प लोकत्रन्त्र नभइ बैज्ञानिक समाजवाद हो । मुलुकमा नयाँ जनवादी क्रान्ती सम्भव छैन किनकी यहाँ राष्ट्रीय पुजीपति नै छैनन् । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य रामदिप आचार्यले पुस्तक प्रती आलोचनात्मक टिप्ण्णी गर्दै बधाइ तथा शुभकामना दिनु भयो ।
लोकापर्ण कार्यक्रममा विवेकशिल साझा पार्टिका समयोजक मिलन पाण्डेले लोकतन्त्रलाई बलियो बनाउन विधिको शासनमा हिड्न जरुरी छ र राज्यका संस्थाहरुलाई बलियो नबनाइ लोकतन्त्र बलियो हुन सक्दैन भन्ने बिचार ब्यक्त गर्नुभयो । लोकतन्त्रको पहरेदार गर्ने ब्यक्तीले नै लोकतन्त्रको धज्जी उडाएका छन् त्यो ज्यादै दुखको कुरा हो भनी आफ्नो सारगर्भित भनाइ राख्नु भयो । अन्त्यमा यो कार्यक्रमलाई सामाजिक अभियन्ता तथा राजनितिक विश्लेषक डा. सुरेन्द्र के.सि.ले भन्नुभयो ३० वर्षमा पन्चायती व्यव्स्थाले गरेको भन्दा कयौ गुना अहिलेका शासकहरुले राज्यको दोहन गरेका छन् ।
यो मुलुकमा राजपरिवारको पनि योगदान छ । लोकतन्त्र भनेर मात्र पुग्दैन त्यसले परिणाम दिनु पर्दछ । नेताहरुको नियतमा नै खोट छ भन्ने विचार राख्दै के.सि.ले लेखकलाई शुभकामना ब्यक्त गर्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया