अभिनेत्री गौतम इलाम–२ बाट चुनावमा उठ्ने

काठमाडौँ , ११ असोज २०८०।

अभिनेत्री एलिजा गौतम इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छन् ।

केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी गौतमले भनिन्,‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु ।’

एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ ।

इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया