अमेरिका र चीनबीचको व्यापारिक युद्ध : कुन-कुन देशलाई फाइदा?

एजेन्सी १२ कात्तिक  २०७७

गत एक बर्षदेखि चलिरहेको अमेरिका र चीनबीचको व्यापार युद्धले चीनलाई ठूलो नोक्सान भइरहेको छ ।  चिनियाँ सामानको आयात र निर्यात विश्वव्यापी बजारमा असर परेको छ ।  यसले भारतलगायत अन्य देशहरूलाई फाइदा पु¥याएको छ । यद्यपि भारतले चीनसँग प्रतिस्पर्धा गर्न सजिलो छैन । तथ्यांकलाई हेर्दा, भारत र चीनको बीचमा व्यापारको क्षेत्रमा ठूलो भिन्नता रहेको छ ।

विश्वव्यापी बजारमा चीनले ठूलो नोक्सान बेहोरिरहेको छ । आयात निर्यात व्यापार  सेक्टरमा आधारित डाटालाई हेर्दा चिनियाँ सामानको बजार शेयर घट्यो ।  यसले भारतलगायत अन्य उत्पादनशील देशहरूलाई फाइदा पु¥याएको छ । उदाहरणका लागि फुटवेयर क्षेत्रमा विश्वव्यापी बजारको हिस्सा चीनको हिस्सा ७.५ प्रतिशतले घटेको छ । यसले जूत्ता बजारमा भियतनामको हिस्सा ५.९ प्रतिशत र जर्मनीको १.४ प्रतिशतले वृद्धि भएको छ ।  यस बाहेक भारतको सेयर पनि ०.१ प्रतिशतले बढेको छ ।

पल्र्स, जेम्स  एण्ड ज्वेलरी क्षत्रेमा चीनको बजार हिस्सा २.३ प्रतिशतले घटेको छ भने भारतको बजार शेयर ३.५ प्रतिशतले बढेको छ । इजरायल र अमेरिकी यस क्षेत्रको व्यापारमा वृद्धि भइरहेको छ । त्यस्तै, छाला, फलाम र सिरामिक र कपडा क्षेत्रमा चीनको घट्दो हिस्साबाट भारत र अन्य देशहरूले फाइदा उठाएका छन् ।

यस बाहेक दुई बीचको ई-कमर्शको अनुपात ४ः १ रहेको छ ।   भारत र चीनबीच अटो मोबाइल निर्यात, टेलिकम एक्सपोर्ट, ग्लोबल ट्रेडको क्षेत्रमा ठूलो भिन्नता छ । यद्यपि, भारतीय वित्तीय क्षेत्रमा चिनियाँ लगानी वर्षौदेखि वृद्धि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया