अमेरिकाबाट डिपोर्ट गरिएका १०४ भारतीयलाई अमृतसर ल्याइयो

काठमाडौं २३ माघ २०८१ । मेक्सिको–अमेरिकी सीमा क्षेत्रबाट पक्राउ परि अमेरिकाबाट डिपोर्ट गरिएका १०४ भारतीयलाई अमेरिकी सेनाको विमानले अमृतसरमा ल्याएको छ ।


भारतीय समय अनुसार बुधबार दिउँसो १ बजेर ५८ मिनेटमा अमेरिकी सेनाको ‘सी–१७’ विमान अमृतसरस्थित श्री गुरु राम दासजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

भारतस्थित अमेरिकी दूतावासका अधिकारीका अनुसार विमानमा १३ बालबालिका, ७९ पुरुष र २५ महिना गरी १०४ भारतीय नागरिक छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया