अमेरिकी ग्रिन कार्ड सेवा रोकियो, ट्रम्पको घोषण यस्तो छ
काठमाडौं –१०काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले दुई महिना अर्थात ६० दिनका लागि यस्तो निर्णय गरेको जानकारी दिएका छन् ।
यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृतिको खोजी गर्नेहरु अर्थात ग्रीन कार्ड सम्बन्धी गतिविधिमा लागू हुने पनि ट्रम्पले स्पष्ट पारेका छन् । अब कम्तिमा पनि ६० दिनसम्म अमेरिकामा ग्रिन कार्डका सबै प्रक्रिया रोकिनेछन् । आवश्यक परेको खण्डमा थप एक महिना बढाउन सकिने उनको भनाई छ ।
सोमबार ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेका ट्रम्पले मंगलबार त्यसबारे थप स्पष्ट पारेका हुन् ।
कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पले बताएका छन् । अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागु हुनेछैन ।Agency
फेसबुकबाट तपाईको प्रतिक्रिया