अमेरिकी राष्ट्रपतिको आदेशवाट डिजाइनको क्रममा रहेका तीनवटा कार्यक्रमहरु रोकिए -अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग युएसएआडी बाट सञ्चालित कार्यक्रमहरुकासम्बन्धमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आएका समाचार र टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले सोमवार एक बिज्ञप्ती मार्फत जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृद्धीकरण कार्यकम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यकम गरी तीनवटा कार्यक्रमहरु डिजाइनको क्रममा रहेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आ
देशवाट यी कार्यक्रमहरु रोकिएको जनाएको छ । डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमको लागि सम्झौता नभइसकेकोले कुनै सहयोग प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।
यसैगरी अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यकमहरु हाल ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।
अमेरिकी सहयोग नियोग यूएसएडको अनुदान सहायतामार्फत नेपालमा सन् १९५१ देखि निरन्तर विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया