अरनिको डेभलपमेन्ट बैंकको नाफा कति ?

काठमाडौं १० बैशाख

 अरनिको डेभलपमेन्ट बैंकले पाँच करोड नाफा गरेको छ । चालु आर्थिक बर्षको त्रैमासको वित्तिय विवरणमा बैंकको सो नाफा देखिएको  हो  ।

वित्तिय विवरण अनुसार यो अवधिमा बैंकले पाँच करोड ६ लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।  गत आवको सोहि अवधिमा बैंकले तीन करोड ५८ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले यो अवधिमा नौ करोड ३१ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ३९ करोड ४४ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी  रहेको बैंकको  रिजर्भ कोषमा नौ करोड ८६ लाख ८६ हजार रुपैयाँ रहेको छ । दुई अर्ब २४ करोड ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले  दुई अर्ब ६ करोड ८५ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा शून्य दशमलव ६७ प्रतिशत रहेको छ । अरनिकोको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १३ पैसा प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ दुई पैसा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया