अरुण फाइनान्स ‘हाथवे फाइनान्स’मा रुपान्तरित
काठमाडौं २७ पौष ।
अरुण फाइनान्सको नाम परिवर्तन भएको छ । एक्काइसौं वार्षिक साधारणसभाले आज अरुण फाइनान्सको नाम हाथवे फाइनान्स हुने प्रस्ताव पारित गरेको छ।
अरुण फाइनान्सलार्इ हाथवे इन्भेष्टमेन्टले टेक ओभर गरेसँगै बिहीबारको साधारणसभाले नाम तथा लोगो पनि परिवर्तन गरेको प्रेस बिज्ञप्ती मार्फत जनाएको छ। साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अम्बिका प्रसाद पौडेल, लिलानाथ अधिकारी र प्रकाश तिवारीलार्इ निर्वाचित गरेको छ।
साधारणसभाले हालको चुक्ता पूँजीको १८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ। फाइनान्सले हकप्रद निष्कासन गरेसँगै चुक्ता पूँजी ८४ करोड रुपैयाँ पुग्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया