अल मुल्ला एक्चेन्ज र सिटी एक्सप्रेस बिच रेमिटयान्स कारोबार सुरु

काठमाण्डौ १० भदौ २०७८
कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्चेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । अल मुल्ला एक्चेन्ज कुवेतको पहिलो मोबाईल एप्लिकेशन शुरु गर्ने रेमिटान्स कम्पनी हो । जसको १०२ स्थानहरुमा आफ्ना शाखाहरु उपलब्ध छन् ।
कुवेतमा रहनुभएका नेपालीहरुले अब अल मुल्ला एक्चेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन् । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनुका साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्नसकिने बताइएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया