अलपत्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
रिसव गौतम
मुलुकमा अन्र्तराष्टिय उडान भर्ने एक मात्र अन्र्तराष्टिय विमानस्थल रहेको परिपेच्छमा करिव दुइ दशक यतादेखि निजगढमा दोश्रो अन्र्तराष्टिय विमानस्थल बनाइने चर्चा परिर्चा भए । त्यसक्रममा विभिन्न सर्भेहरु समेत भए । बर्षेनी राज्यबाट खर्च भएपनि अथवा नभएपनि थोरबहुत यस आयोजनका लागि बजेट विनियोजन समेत गरियो । यस आयोजना अघि बढाउन यस अघिका नागरिक उड्यन तथा पर्यटनमन्त्री स्वर्गिय रविन्द्र अधिकारीले जोडबल गरेका पनि हुन् । उनी पछिका अहिलेका पर्यटनमन्त्री योगेश भटराइले त झन् आफनो सफलता नै यस आयोजना अघि बढाउनेसँग हेरेका देखिन्छन् । तर पनि कतिपय वृत्तबाट वातावरण विनासको मुद्धालाई अराल्दै मुद्धामामिला भएबाट यस आयोजना अन्यौलको भुमरीमा रुमलिएको थियो । अदालतमा सो वहस तथा विचाराधिनमा रहेपनि राष्टिय गौरबको अति आवश्यक सो आयोजना निर्माणको लागि आवश्यक गृहकार्य पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले अघि बढाएकै थियो । यसबीच स्वीजरल्याण्डको जुरिच एयरपोर्ट इन्र्टरनेशनललाई निर्माणको जिम्मा दिनेगरी आवश्यक प्रस्ताब पेश गर्न जिम्मा दिइएको थियो । निर्धारित समयमा निर्माण सम्बन्धी प्रस्ता पेश नगरेपछि जुरिच एयरपोर्ट इन्र्टरनेशनललाई दोश्रोपटक समय थपिएको थियो । जुरिचले भने कोभिड १९ पछिको परिस्थीति र निजगढ विमानस्थलको वातावरणीय प्रभाव मुल्याकन प्रतिबेदन (इआईए) लगायतलाई देखाएर पछि हटेको छ । जुरिच एयरपोर्ट इन्र्टरनेशनल पछि हटेसँगै बहुआयामिक महत्वको सो आयोजना निर्माणको सपना अलपत्र परेको छ ।
। यस अयोजना निर्माणका लागि कटान गर्न लागिएका रुखको विषयलाई लिएर पूर्व सचिव द्धारिकानाथ ढुङगेल, अधिवक्ता कृष्ण प्रसाद भण्डारी, योजना आयोगका पूर्व सदस्य प्रभु बुढाथोकी लगायत केहीले सर्वोच्चमा जाहिरी दिएको रिट दिएका थिए । त्यसले पनि यस आयोजनामा एक खालको अंकुश लगाएको हो । यधपी आम जनता र विकासप्रेमी बुद्धिजिवी, अर्थशास्त्री लगायतले निजगढ अन्र्तराष्ट्रिय विमानस्थ निर्माण कार्य रोक्नु हुदैन भन्ने खालको आवाज बुलन्द गर्दै आएका छन् । यसैको आडमा सरकारले यस आयोजना अघि बढाउन चाहेको थियो ।
पर्यटनमन्त्री योगेश भटराइले यस आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन भित्रभित्रै निकै तयारी गरेका हुन्। सो कुरा उनले मिडियामै पनिबताउँदै आएका छन् । यस आयोजनाको छिट्टै शिलान्याश गर्ने तयारी गरेका पर्यटनमन्त्रीको चाहना पुरा भएको छैन । २४ बर्षदेखि निर्माणको चर्चा पाएको निजगढ विमानस्थल निर्माण गर्ने कार्य अलपत्र प्राय छ ।
नेपाल सरकारले नै पछिल्लो पटक आयोजना गरेको लागानी सम्मेलनमा यस आयोजना सबैभन्दा आर्कषणको केन्द्रमा थियो । यस आयोजना निर्माणका लागि थुप्रै देशबाट कम्पनीहरुले आयोजना निर्माण प्रस्ताव गरेका थिए । त्यसमध्ये स्विजरल्याण्डको जुरिच इन्र्टरनेशनल एयरपोर्टको प्रस्तावलाई योग्य ठहर गरी निर्माणको जिम्मा दिएको थियो । जुरिच नै पछि हटेपछि आम मानिसमा निराशा छाएको छ ।
सरोकारवाला सबै जसोले निजगढमा दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल बनाइने बिषयलाई सर्मथन गर्दै आएका हुन् । खासगरी निर्माणधिन काठमाण्डौ–निजगढ फाष्ट्र ट्रत्याकको पुरक आयोजनाको रुपमा लिइएको निजगढ विमानस्थल लोकेशनको हिसावले पनि सबैलाई मान्य छ । निजगढ विमानस्थलले तराईलाई बढो गज्जबसँगले जोड्ने र पहाड तथा तराइको सम्बृद्धिलाई मिलाउने कारण पनि धेरैले उत्साह देखाएका छन् ।
खासगरी तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारी नेतृत्वले तयार पारेको वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन अनुसार निजगढ अन्र्तराष्ट्रिय विमानस्थल परिशरमा करिव ७ लाख रुख काटिने कुरा छन् । त्यो प्रतिवेदन आउनासाथ वातावरणको मुद्धा ओरालिएका हुन् ।
त्यसमा केही सिमित वातावरण वीज्ञ तथा विविध क्षेत्रबाट विरोधहरु भइरहेका हुन् । उनीहरुले रुख काट्निे विषयलाई गम्भिर रुपमा लिएका छन्। तर विकासको मुद्धालाई अथवा राज्यको आवश्यकतालाई सहायक ठानेका देखिन्छन् । ७ लाख रुख काटिँदा वातावरणमा गम्भिर असर पर्ने उनीहरुका गोयबल्स हल्ला छ । हो, वातावरणलाई जोगाएर नै पूर्वाधार विकासमा जोड दिनुपर्छ । विश्वभर नै हिजोआज हरित विकासको अवधारणाले प्राथमिकता पाइसकेको छ । प्रकृतिमैत्री विकासलाई जोड दिनु पर्नेमा विश्वका सबै देश सहमत छन् । हुन पनि प्रकृति विना कृत्रिम विकासको अर्थ पनि हुदैन । त्यसकारण वातावरणको चिन्ता हुनु अन्यथा होइन । तर नेपाल यस्तो देश हो । जसलाई बन, जङगल र खोला नालाको धनी देश समेत भनिन्छ । यहाँ बन, जङगल, भिर, ठुला ठुला पहाड र हिमाल बाहेक अरु के नै छर ? के वन जङगल, पहाड, हिमाल नेपार र नेपालीले मात्रै जोगाइराख्ने हो ? अरु देशले जोगाउन पर्दैन । अरुले चाँही विकास मात्रै गर्ने अनि नेपाल र नेपालीले वन, जङगल र भिर जोगाइ मात्रै राख्ने ? विकास नगर्ने ?
नेपालको १७ प्रतिशत भुभाग मात्र समथर छन् । बाँकी भुभाग ठुलठुला पहाड र हिमालले नै घेरिएका छन् । जहाँ घना जङगलले घेरिएको छ । त्यसकारण भौगोलिक रुपमा पनि नेपाल अलिक पृथक खालको देश छ । यहाँ हुने विकास निर्माणको काममा वातावरणलाई मात्रै हेरेर हुदैन । सम्भवत वातावरणकै हिसावले पनि तराइमा अवस्थीत निजगढ, त्यहाँको बलियो माटो अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको लागि अत्यन्त ठीक सावित छ । निजगढले मुलुककै ठुला शहर वीरगञ्ज, विराटनर, जनकपुर, हेटौडा लगायतलाई जोड्छ । त्यसकारण ५–७ लाख रुख काट्नु पर्ने कुरालाई लिएर सबै दृष्टिकोणले उपयुक्क्त, इन्जिनियरहरुको सर्भेले पनि उपयुक्क्त ठाउँको विकासलाई विरोध गर्नु जायज हुदैन । फेरी ५–७ लाख रुख कटान गरी त्यसको विक्रि गर्दा आउने अरबौं रकम विमानस्थल निर्माणको लागि टेवा पुग्न सक्दछ । र, २–४ लाख रुख काटिएर निजगढ परिशरका जङगल अवश्य रित्तिने छैन । त्यहाँ लाखौलाख रुखहरु छन् जसले वातावरणको सन्तुलनलाई अवश्य थेग्नेछ ।
खासगरी नेपालमा जति पनि आयोजनाहरु बनेका छन् । हालसम्म ती आयोजनाहरु निर्माण पुर्वको अध्ययनमा कसैले पनि वातावरणमा पर्ने दिर्घकालिन प्रभावको अध्ययन तथा मुल्याङकन गरेका पाइदैन्न । उही एक सरो प्रतिवेद तयार गर्नका लागि मात्रै वातावरणीय अध्ययनका विषयहरु जोडेका छन् । सो कुरा भौतिक पुर्वाधार विकास तथा निर्माणमा संग्लन धेरै इन्जिनियहरुले नै स्वीकारेका वा लेख नै लेखेका पाइन्छन् । त्यसकारण निजगढ अन्र्तराष्टिय विमानस्थलको फगत विरोध गर्नु जरुरी छैन । त्यहाँ कटिने भनिएको केही लाख रुख त्यहाँको घना वनको तुलनामा २ प्रतिशत पनि होइनन् । त्यसकारण विकासको शुभ कामलाई अघि बढाउनु नै पर्छ । यधपी व्यवस्थापिका संसद्, अन्र्तराष्टिय श्रम सम्बन्ध समितिले निजगढ अन्र्तराष्टिय विमानस्थल निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई यस अघि नै निर्देशन दिइसकेको छ ।
अन्र्तराष्टिय विमानस्थलको कति महत्वुर्ण हुन्छ भन्ने कुरा मुलुकको एक मात्र अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल केही बर्ष अघि मात्र ४ दिनसम्म ठप्प हुँदा प्रष्ट भयो । त्यतिबेला टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमा दुर्घटना भइ अन्तराष्ट्रिय हवाइ उडान ठप्प हुँदा हजारौ यात्रुको विचल्ली भएको थियो । विदेशका विभिन्न नाकाहरुमा नेपाल आउने क्रममा रहेका यात्रुहरु अड्किएका थिए । मुलुकले पनि करोडौको राजस्व गुमाएको थियो । वाह्य उडान अवरोधका कारण नेपालसँग अन्र्तराष्ट्रिय सम्बन्ध टुटेको अवस्था थियो । यसरी त्यतिवेला पहिलो पटक नेपालले लामो अन्र्तराष्ट्रिय हवाइ अवरोधको पिडा झेल्यो । त्यति बेला नै नेपालमा प्रस्तावित निजगढ अन्र्तराष्ट्रिय विमानस्थल शिघ्र रुपमा बनाउनु पर्ने आवाज उठ्यो । निजगढमा बनाउने भनिएको दोश्रो विमानस्थल निर्माण भइसकेको भए त्यो लज्जा र विषम परिस्थीतिको सामना गर्नु पर्ने थिएन भन्ने महसुस आम मानिसले गरे । त्यतिवेलाका प्रधानमन्त्री स्व. सुशिल कोइरालाले विज्ञप्ती नै निकालेर वैकल्पीक विमानस्थल निर्माण गर्न विमानस्थल निर्माण कार्यदललाई तदारुकताका साथ निर्माणमा लाग्न निर्देशन दिएका थिए । यसरी अप्ठेरो अवस्थामा वैकल्पीक विमानस्थलको आवश्यकता आम मानिसले विगतमा पनि गरेका हुन । अहिले त निजगढ अन्र्तराष्टिय विमानस्थल निर्माण प्रक्रिया अघि नै बढाउन खोजिएको छ । निर्माणका लागि विभिन्न राष्टिय अन्र्तराष्टिय कम्पनीहरुले मनशाय समेत देखाएका छन् । यस्तो अवस्थामा ७ लाख रुखलाई मात्रै देखाएर विमानस्थल निर्माण कार्यको विरोध गर्नु किंचित ठीक होइन । अहिले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक तीन दर्जन भन्दा बढी अन्र्तराष्ट्रिय उडान हुने गरेको छ । कुनै पनि कारण त्रिभुवन विमास्थल बन्द हुँदाको विकल्पको लागि पनि तत्काल निजगढ अन्र्तराष्टिय विमानस्थल निर्माणको विकल्प छैन ।
फेरी ठुलो सङख्यामा यतिवेला नेपालीहरु विदेशमा छन । विदेशी पर्यटक लगायत अन्य निकायहरुबाट पनि नेपाल आउने जाने क्रम बढिरहेको छ । सय भन्दा बढी मुलुकहरुसँग नेपालको आपसी सम्बन्ध विस्तार भैसकेको अवस्था छ । यसकारण पनि नेपालको लागि दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल अति नै आवश्यकता छ । जुन टर्किस एयरलायन्स दुर्घटना प्रकरणले नै प्रकट गरिसकेको छ । खासगरी विकास बहुसङिख्यय जनताको आधारभुत आवश्यकता प्रति लक्षित हुनुपर्छ भन्ने कुरा पनि यसैले पुष्टि गर्छ ।
निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको हितैसी आयोजना काठमाण्डौ निजगढ फाष्ट ट्र¥याक (करिव ७२ कि मि दुरी) निर्माणको दौरानमा छ । त्यस आयोजना धेरै अघि बढेको छ । तराइबाट करिव डेढ घण्टामै काठमाडौं आउन सम्भव तुल्याउने त्यस आयोजनाको निर्माणले नेपाली अर्थतन्त्रको विकासमा निकै ठुलो प्रभाव राख्ने देखिन्छ । यी दुबै आयोजना मुलुकको आर्थिक सामाजिक विकासमा बहुआयामिक महत्वका छन् ।
त्यसकारण निजगढ विमानस्थललाई पनि यथाशिघ्र अघि बढाएर विकास र निमार्णको कामलाई गति दिन आवश्यक छ । त्यसका लागि अबिलम्ब नगरी नयाँ नयाँ विकल्प र निर्माण कम्पनी खोजेर काम अघि बढाउन जरुरी छ ।
प्रकासित मिति २०७७–०७–२५
फेसबुकबाट तपाईको प्रतिक्रिया