अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं २४ साउन ।

प्रधानमन्त्री प्रचण्डले साउदी अरब, श्रीलंका लगायत मुलुकहरुमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले सोमबार परराष्ट्र सचिव शंकरदास बैरागीलाई टेलिफोन गरी अलपत्र  नेपालीहरूलाई तुरुन्तै राहत र नेपाल आउने वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन् ।

साउदी अरब, श्रीलंका लगाएतमा रहेका कम्पनिहरु बन्द हुँदा नेपालीहरु समस्यामा परेको समाचार सार्बजनिक भएको छ ।

सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशिघ्र उनीहरुलाई राहतको व्यवस्था मिलाउन प्रधानमन्त्रीले जानकारी दिए । परराष्ट्र सचिव वैरागीले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्यवन गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आइतबार सरकारका सबै सचिवहरुलाई आफ्नो कार्यालयमा बोलाएर रिजल्ट देखिने गरी काम गर्न निर्देशन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया