अविरल वर्षाले जनकपुर डुबानमा

जनकपुर १० साउन, ।

श्रावण लागे यताको अविरलको  वर्षाले गर्दै जनकपुर उपमहानगरपालिकाका सम्पूर्ण वडा जलमग्न भएको छ । पानीको  निकास नभएकाले सडक जलाशयमा परिणत भई ढलको पानी सडकमा नै बगिरहेको छ । अविरलको  वर्षाले उपमहानगरपालिकाका २७ वटै वडाका पुरानो घरमा पानी पसेको छ ।

पानीले राष्ट्रिय समाचार समिति, हुलाक ,यातायातलगायतका सरकारी कार्यालय र आनन्दनगर, बलवा टोल, देवी चोक क्षेत्र डुबानमा परेको छ । त्यस्तै नगरको भानु चोक, विद्यापति चोक, विश्वकर्मा चोक, विमानस्थल, माछा बजार, कटैया चोरी, नयाँ बस्ती,कदम चोक, पिडारी चोक,  पुल चोक, उद्योग वाणिज्य सङ्घ, अञ्चल अस्पताल र बाह्र बिघालगायतका क्षेत्रमा पानी बगिरहेको छ ।
बर्षाका कारण विद्युत् र टेलिफोन प्रसारणसमेत प्रभावित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया