असोज ३ यता धरहराबाट मात्र २ करोड ३७ लाख राजस्व संकलन

काठमाडौं, चैत ३, २०८१ । असोज ३ गतेदेखि सर्वसासधारण्का लागि खुला गरिएको धरहराबाट करिव ५ महिनाको अवधिमा २ करोड ३७ लाख राजस्व संकलन भएको छ ।
शहरी विकास मन्त्रालयले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै वित्तिय प्रगति सार्वजनिक कार्यक्रम मार्फत यो सूचना सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार गत असोज ३ बाट हालसम्म १ लाख ३० भन्दा बढीले धरहराको भ्रमण तथा अवलोकन गरेका छन् । धरहरा चढ्ने क्रम बढेसँगै राजस्वको रकम पनि वृद्धि भएको हो ।
धरहरा भ्रमणका लागि नेपाली नागरिकका लागि प्रतिव्यक्ति रु २०० शुल्क निर्धारण गरिएको छ । त्यस्तै दक्षिण एसियाली देशका नागरिकहरुलाई भने प्रतिव्यक्ति रु. ५०० शुल्क लाग्नेछ । अन्य देशका विदेशी पर्यटकहरुका लागि प्रतिव्यक्ति रु १ हजार टिकटर दर कायम गरिएको छ ।
नेपाली नागरिकहरुका लागि विद्यार्थी, बालबालिका, ज्येष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा ५० प्रतिशत छुट रहने व्यवस्था छ । त्यसमा फोटो तथा भिडियो खिच्नका लागि अन्य थप रकम तिर्नु पर्ने हुन्छ ।
हप्ताको एक दिन बुधबार भने धरहरा बन्द रहनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया