अस्ट्रेलियाको सिड्नीमा देवी,पशुपति र खुमनको गितमा बर्षा राउतलाई नचाउने

अरुण गौतम
सिड्नि १५, अगस्त
चाड पर्वहरु नजिँकिदै गर्दा अस्ट्रेलियामा ईभेन्ट अर्गनाईजरहरु ईभेन्ट म्यानेजमेन्टको लागि भ्याई नभ्याई हुने गर्छन नै। अहिले तिजको माहोल छ र यसैलाई मध्य नजर गर्दै नेपाली स्क्वाड ईन्टरटेन्मेन्टको आयोजनामा रकडेल स्थित बाइसेन्टीनियल पार्कको खुला मैदानमा भोली आईतबार जुलाई १६ तारिख नि-शुल्क प्रवेश सहित बृहत ” तीज मेला “आयोजना हुदैछ ।

मेलामा सहभागी हुन ख्याति प्राप्त कलाकारहरु पशुपति शर्मा, खुमन अधिकारी, देवी घर्ती र वर्षा राउत आई पुगेका छन्। नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा आयोजना गरिएको यो मेलामा लक्की ड्रर गर्दै बिभिन्न पुरस्कारहरु राखिएको छ जस मध्ये पहिलो पुरस्कार नेपाल ज्वेलरी सिड्नीको तर्फबाट सुनको तिलहरी रहनेछ । यसैगरी अन्य थुप्रै पुरस्कार छन् ।
मेलामा रोटे पिँग,बिभिन्न खानाको परिकारहरुको स्टल,लाईभ डिजे म्युजिकको साथै बिभिन्न फोटो ग्राफीहरुको फोटो सेसनको स्किल समेत रहने आयोजक मध्यका एक सागर अधिकारीले बिजनेसपाटीलाई जानकारी दिनुभयो।

नेपाली स्क्वाड ईन्टरमेन्टका डाईरेक्टर गगन बिडारीका अनुसार यो तिज मेला ईप्लानेटको प्रायोजनमा भएको हो र नेपाली कला संस्कृतिलाई समेत जगेर्ना गर्ने अभिप्रायले तय गरियको कार्यक्रमलाई सभ्य र भव्य बनाउन सबै सिड्नि निवासी नेपालीहरुलाई अनिवार्य उपस्थितको लागि आग्रह गर्नु भएको छ।

आयोजक मध्यका बिस्णु साप्कोटाका अनुसार कलाकारहरुले आगामी ३० जुलाई एडिलेड,५ अगस्त मेलबर्न र ११ अगस्तमा क्यामबेरा गर्दै बिभिन्न अस्ट्रेलियाको बिभिन्न राज्यहरुमा कार्यक्रम भब्य पार्दै छन् र सिड्नी नि-शुल्क प्रवेसमा तय गरिएको कार्यक्रमको सहभागी हुन सबै सिड्नि निवासी नेपालीहरुलाई अपिल गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया