आइएमएफले भन्यो–‘एशियाली देशको विकास ६० वर्षमा पहिलो पटक रोकिनेछ’
काठमाडौं ४, बैशाख २०७७
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ६० वर्षमा पहिलो पटक यस वर्ष एशियाली देशको विकास रोकिने बताएको छ । आइएमएफका अनुसार यसवर्ष एशियाली देशको विकासमा जति कमी हुनेछ त्यो ‘पूरा अन्तर्राष्ट्रिय आर्थिक संकटको वार्षिक औसत विकास दर (४.७ प्रतिशत) वा एशियाली आर्थिक संकट (१.३ प्रतिशत)’ भन्दा पनि खराब हुनेछ ।
आइएमएफका अनुसार यदि कोरोनाभाइरसलाई रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा एशियाली देशको विकास दरमा एकपटक पुनः वृद्धि हुनेछ ।
एक दिनअघि मात्रै विश्व वैंकले दक्षिण एशियाली देश पछिल्लो ४० वर्षमा सबैभन्दा खराब आर्थिक स्थितीबाट गुज्रने चेतावनी दिएको थियो ।Agency
फेसबुकबाट तपाईको प्रतिक्रिया