आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा हेमराज ढकाल

काठमाडौं २८ बैशाख २०८०-आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले बैशाख २७ गते बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालका समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गरेका छन् ।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरेका थिए ।साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्य्क्षले हेमराज ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया