आईसीसी च्याम्पिएनको उपाधि भारतलाई

काठमाडौं, फागुन २६ । आईसीसी च्याम्पिएन ट्रफीकोे नवौं संस्करणको उपाधि भारतले हात पारेको छ । आइतबार राति भएको खेलमा भारतले न्यूजिल्याण्डलाई चार विकेटले हराएको हो । दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा भारतीय टिम यसपटकको उपाधि हात पार्न सफल भयो ।
उपाधि भारतीय टोलीको हात परे पनि गोल्डेन ब्याट, गोल्डेन बल र सर्वोत्कृष्ट खेलाडीको उपाधि भने न्यूजिल्याण्डले पाएको छ । प्रतियोगितामा भारतीय टोलीका कुनै पनि खेलाडीले सर्वोत्कृष्टको ठाउँ लिन भने सकेनन् । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटस्म्यानलाई ‘गोल्डेन ब्याट’ र सर्वाधिक विकेट लिने बलरलाई ‘गोल्डेन बल’ प्रदान गरिन्छ । यी दुवैमा भारत चुुकेको छ ।
प्रतियोगितामा न्युजिल्याण्डका ब्याट्म्यान रचिन रविन्द्र सर्वाधिक रन बनाउने खेलाडी घोषणा भए । उनले प्रतियोगिताको अवधिभरमा चार खेल खेल्दा कुल २६३ रन बनाएसँग दईवटा सतक प्रहार समेत गरेर गोल्डेन ब्याट पुरस्कार हात पारे ।
यस्तै सर्वाधिक विकेट लिने बलरको सूचीमा न्यूजिल्याण्डकै खेलाडी म्याट हेनरी रहे । उनले चार खेलमा कुल १० विकेट लिएर गोल्डेन बल पुरस्कार हात पारेका हुने । तर, फाइनल टोलीमा भने उनी थिएनन । यस अघिनै उनले १० विकेट लिइसकेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया