आज साँझसम्म वर्षा हुने

काठमाडौँ  २१ असार-
मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुन केही शिथिल भएको जनाएको छ। महाशाखाका वरिष्ठ मौसमविद् जगदीश्वर कर्माचार्यका अनुसार केही दिनदेखि देशभर नै बदली रहिरहेको छ।
सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ को अवधिलाई मनसुनको अवधि मानिन्छ। यसपटक भने निर्धारित समयभन्दा पाँच दिनपछि मनसुन सुरु भएको थियो। आज साँझसम्म काठमाडौँ उपत्यकामा वर्षा हुने पनि विभागले जनाएको छ।
 अहिलेको समयमा जमिन तातेर हावा समेत तात्ने र खाली ठाउँमा न्यून चापीय क्षेत्र विकास हुने गर्दछ। यसले मनसुन सक्रिय रहँदा धेरै वर्षा हुने तथा शिथिल हुँदा कम वर्षा हुने गर्दछ। काठमाडौँ उपत्यकामा मनसुन अवधिभर औसत करिब एक हजार १०० देखि एक हजार २०० मिलीलिटर पानी पर्ने गर्दछ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया