आज साउने सोमबार : पशुपति मन्दिरमा बिहानैदेखि भिड

काठमाडौं ३ साउन, ।

साउन महिनाको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरमा व्रत बस्ने र शिवको पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।

हिन्दु महिलाहरु साउने सोमबारको व्रत बस्ने गर्दछन् । साउन महिनाभर रातो, पहेंलो र हरियो वस्त्र लगाउने, चोखो खाने र शिवको पूजा गर्ने प्रचलन छ । साउने सोमबारमा भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले आँटे चिताएको पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।  यस वर्ष साउन महिनामा पाँच सोमबार परेका छन् । s333पाँच सोमबार परेको साउन महिनालाई अझै राम्रो मान्ने गरिन्छ । साउने सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउने सोमबारको दिनदेखि नै शिवभक्तहरुको बोलबम मेला पनि सुरु हुन्छ । अघिल्ला बर्षहरु झैँ  यसपटक पनि पशुपति मन्दिरमा दर्शनका लागि तीनतिरबाट व्यवस्था मिलाइएको छ । पूर्वतर्फको ढोका विशेष पूजा गर्नेहरुका लागि र पश्चिमतर्फको ढोका बोलबम यात्रीहरुका लागि छुट्याइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया